उर्जाको माग र वितरणलाई सन्तुलन गर्न क्षेत्रीय उर्जा कनेक्टिभिटि आवश्यक : उर्जामन्त्री पुन

आजभोलि

उर्जाको माग र वितरणलाई सन्तुलन गर्न क्षेत्रीय उर्जा कनेक्टिभिटि आवश्यक : उर्जामन्त्री पुन

उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले उर्जाको माग र वितरणलाई सन्तुलन गर्न क्षेत्रीय उर्जा कनेक्टिभिटि आवश्यक रहेको बताएका छन् ।

अमेरिकाको न्यूयोर्कमा राष्ट्रसंघीय फोरमलाई सम्बोधन गर्दै मन्त्री पुनले पाँच वर्षभित्र नेपालले सिमापार उर्जा व्यापार गर्ने र त्यसका लागि पाँच हजार मेगावाट विद्युत उत्पादन भइरहेको बताए । मन्त्री पुनले ‘सबैका लागि दीगो उर्जाको संयुक्त राष्ट्र दशकको कार्यान्वयन सम्बन्धी उच्च स्तरीय संवाद’ फोरमलाई सम्बोधन गरेका हुन् ।

उर्जाको माग र वितरणलाई सन्तुलन गर्न क्षेत्रीय उर्जा कनेक्टिभिटि आवश्यक रहेको भन्दै मन्त्री पुनले नेपालले भारतसँग विद्युत व्यापार सम्झौता गरिसकेको तथा चीन र बंगलादेशसँग पनि सिमापार विद्युत व्यापारका लागि समझदारी गरेको बताए ।

नेपालले आगामी पाँच वर्षभित्र आन्तरिक खपतका लागि १० हजार मेगावाट र सिमापार व्यापारका लागि अर्को पाँच हजार मेगावाट विद्युत उत्पादन गर्ने मन्त्री पुनले बताए ।

  • ११ जेष्ठ २०७६, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !