हात्तीको शिकार गर्न लगाएको प्रतिबन्ध किन हटाइयो ?

आजभोलि

हात्तीको शिकार गर्न लगाएको प्रतिबन्ध किन हटाइयो ?

अफ्रिकी मुलुक बोत्स्वानाले हात्तीको शिकार गर्न लगाएको प्रतिबन्ध हटाएको छ । मानिस र वन्यजन्तुबीच बढेको द्वन्द्व र बालीनालीमा पुगेको नोक्सानी घटाउन त्यसो गरिएको त्यहाँ सरकारको तर्क छ ।

सन् २०१४ मा सिकार गर्न रोक लगाइएपछि आलोचकहरूले त्यसबाट साना किसान र त्यसअघि सिकारी गर्दै आएकाहरू अप्ठेरोमा परेको बताउँछन् । बोत्स्वानामा विश्वकै सबैभन्दा बढी झन्डै एक लाख ३० हजार हात्तीहरू छन् । प्रतिबन्ध हटाउने निर्णयको वन्यजन्तु संरक्षणको क्षेत्रमा काम गर्नेहरूले विरोध गर्ने ठानिएको छ ।

उनीहरूले त्यसलाई राजनीतिक कदम मानेका छन् । यो निर्णयले वन्यजन्तु संरक्षणमा बोत्स्वानाको अन्तर्राष्ट्रिय प्रतिष्ठा पनि बिगार्न सक्छ । र, त्यसको प्रभाव पर्यटन उद्योग र राजस्वमा पर्न सक्छ । बोत्स्वानामा र हीरा खानीपछि विदेशी मुद्रा आर्जनको अर्को मुख्य स्रोत पर्यटन हो ।

राष्ट्रपति मोक्गेत्सी मासिसीले गत वर्षको जुनमा एक समिति गठन गरेर उनका पूर्ववर्ती इयन खामाले सन् २०१४ मा गरेको निर्णयको समीक्षा गर्न लगाएका थिए । फेब्रुअरीमा उक्त समितिले सिकारलाई पुनः अनुमति दिन सिफारिस गरेको थियो ।

हिंसक जनावरहरू बढेसँगै त्यसले मारेका घरेलु जनावरलाई मार्ने दर पनि बढेको छ । मन्त्रालयले “सिकारलाई ब्युँताउने काम व्यवस्थित र विवेकपूर्ण ढङ्गबाट गरिएको बताएको छ । सर्वेक्षणहरूले देखाएअनुसार हात्ती घुम्ने क्षेत्र पनि बढेको छ । विज्ञहरूले यसपछाडि जलवायु परिवर्तन लगायतका थुप्रै कारण रहेको बताएका छन् ।

मानव बस्ती र खेतबारीमा छिरेपछि हात्ती निकै आक्रामक हुन सक्छ । त्यसले बालीनालीमा असर पार्नुका साथै कहिलेकाहीं मानिसहरूको ज्यान पनि लिन सक्छ ।

त्यहाँका अधिकांश हात्तीहरू देशको उत्तरी भागमा बस्छन् र उनीहरू नामिबिया र जिम्बावेसम्म घुम्छन् । एउटा पछिल्लो सर्वेक्षणका अनुसार ग्रामीण भेगका मानिसहरूले सोचेजसरी धेरै वन्यजन्तुको सङ्ख्या बढेको पाइँदैन । संरक्षणकर्मीहरूले भन्न सक्छन् यो निर्णयले आगामी अक्टोबरमा हुने चुनावअघि राष्ट्रपतिको लोकप्रियता बढाउन सक्छ ।

इन्टरनेशनल युनियन फर कन्जर्भेशन अफ नेचर आयूसीएनका अनुसार अफ्रिकामा झन्डै चार लाख १५ हजार हात्तीहरू छन् । हस्तिहाडको ठूलो तस्करीका कारण तिनको सङ्ख्या घटेको छ । सबैखाले हस्तिहाडको बिक्री प्रतिबन्ध गरेर अवैध सिकार रोक्ने अन्तर्राष्ट्रिय अभियानले गति लिएको छ ।

तर मानव बस्तीमा असर पारिरहेका धेरै सङ्ख्याका हिंसक हात्तीलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा भने मत विभाजित हुने गरेको छ ।

बीबीसीबाट

  • ११ जेष्ठ २०७६, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !