विश्वका अरु शहरभन्दा ‘काठमाडौं धेरै सुरक्षित छ’: मेयर शाक्य

आजभोलि

विश्वका अरु शहरभन्दा ‘काठमाडौं धेरै सुरक्षित छ’: मेयर शाक्य

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले विश्वका अरु शहरभन्दा काठमाडौं धेरै सुरक्षित रहेको दावी गरेका छन् ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत महानगरपालिकामा गठित प्रहरी महानगरपालिका समन्वय समितिद्वारा नेपाल पुलिस क्लवमा आयोजित समितिको पहिलो बैठकलाई सम्वोधन गर्दै महानगर प्रमुख शाक्यले यस्तो दावी गरेका हुन् ।

समुदायलाई परिचालन गर्दै नेपाल प्रहरीको सकृयता र लगनशिलताका कारण काठमाडौंलाई सुरक्षित शहर कायम राख्न सफल भएको महानगर प्रमुख शाक्यले बताए ।
महानगरपालिकाले नेपाल प्रहरी लगायत सम्वद्ध सबैसंग मिलेर काठमाडौं शहरलाई सुरक्षित, सम्वृद्ध र सुन्दर बनाउन लागिपरेको र यसका लागि सरकारले आयोजना गर्न लागेको ‘भिजिट नेपाल २०२०’ लाई सफल बनाउन सैजना लाग्नुपर्ने बताए ।

विगतमा कुटपिट र झैझगडा जस्ता घटना हुँदै आएको काठमाडौंमा अहिले अपराध गर्ने शैली र प्रकृति फरक हुँदै आएको उल्लेख गर्दै महानगर प्रमुख शाक्यले काठमाडौंलाई सुरक्षित राख्न महानगरका सबै टोलहरुमा सिसि क्यामेरा जडान गर्न महानगरपालिकाले नेपाल प्रहरीलाई ५ करोड ८१ लाख रुपैयाँ उपलव्ध गराएको बताउँदै सिसिटिभी जडानबाट अपराधी पक्रिन मात्रै हैन, अपराध घटाउन पनि सहयोग पुरयाउने बताए ।

कार्यक्रमलाई सम्वोधन गर्दै महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उत्तमराज सुवेदीले नेपाल प्रहरीले अघि सारेको समुदाय प्रहरी साझेदारी कार्यक्रमले स्थानीय तह, समुदाय र विद्यालय तहमा समन्वय समिति मार्फत अपराध रोकथाम गर्दै समाजमा शान्तिसुरक्षा कायम राख्न नेपाल प्रहरी सफल भएको बताए ।

महानगरीय प्रहरी परिसर काठमाडौंको समुदाय प्रहरी साझेदारी शाखाका प्रमुख, प्रहरी नायव उपरिक्षक राजेन्द्र पोखरेलले गत पुस २५ गतेदेखि शुरु गरेको समुदाय प्रहरी सझोदारी कार्यक्रममार्फत काठमाडौं महानगरपालिकामा गठन गरिएको महानगरपालिका प्रहरी समन्वय समितिले महानगरमा सिसिटिभी जडान, प्रहरी परिचालन, फरार अभियुक्त पक्राउदेखि एकिकृत सेवा लगायत १० थरीका कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी गराए ।

  • ११ जेष्ठ २०७६, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !