जनताबाट निर्वाचितबाटै प्रजातन्त्र खतरामा छ : नेता गगन

आजभोलि

नेपाली कांग्रेसका नेता गगन थापाले जनताबाट निर्वाचितबाटै प्रजातन्त्र खतरामा परेको बताएका छन् ।

पार्टीको जनजागरण अभियान अन्तरगत काठमाडौंमा भएको कार्यक्रममा नेता थापाले जनताका प्रतिनिधिले नै प्रजातन्त्रको उपहास गर्दै प्रजातान्त्रिक व्यबस्थालाई खतरातर्फ धकेलेको बताए ।

उनले प्रधानमन्त्रीले राज्यका सबै निकायलाई आफ्नो बलमा नियन्त्रण लिन खोजेको भन्दै आपत्ति जनाएका थिए । संघीयता चलाउन वर्तमान सरकारले नसकेको आरोप लगाउँदै थापाले केन्द्र चलेर मात्रै संघीयता कार्यान्वयन नहुने बताए ।

पार्टीको आन्तरिक विषयमा आफ्ना गल्तीलाई मनन् गर्दैै सच्चिए मात्रै कांग्रेस बलियो हुने बताए । कांग्रेस नेता बालकृष्ण खाँडले जनतामा निराशा छाएको र त्यसकै कारण फेरि मुलुक द्वन्द्वमा जान सक्नेतर्फ संकेत गर्दै यसमा सचेत हुन आग्रह गरे ।

भ्रष्टाचार र सार्वजनिक जग्गा हिनामिना गर्न जनताले बहुमत नदिएको भन्दै उनले स्वतन्त्र पत्रकारिता र लोकतन्त्र एउटै शिक्काको दुई पाटा भएका बताए । उनले अहिले आएका विधेकहरु मान्य नहुने भन्दै संसदमा अल्पमतमा परेपनि कांग्रेसलाई स्वीकार्य नहुने बताए ।

  • ११ जेष्ठ २०७६, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !