भारतका राष्ट्रपति रामनाथ कोबिन्दले तल्लो सदन अर्थात् भारतको लोक सभा विघटन गरेका छन् ।
भारतमा हालै भएको १७ औ लोकसभा निर्वाचनको अन्तिम नतिजा औपचारिक रुपमा घोषणा भएको भोलीपल्ट राष्ट्रपतिले शनिबार लोकसभा विघटनको घोषणा गरेका हुन् ।
शुक्रबार सार्वजनिक भएको नतिजाअनुसार भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको संयुक्त गठबन्धन एनडीएले ३५२ सिट हासिल गरेको छ । भाजपा एक्लैले भने ३०३ सिट ल्याएको छ । जुन नतिजा सन् २०१४ मा भन्दा २२ सिट बढी भएको निर्वाचन आयोगले जनाएको छ ।
एनडीए गठबन्धनमा रहेका अन्य दलहरु मध्ये शिव सेनाले १८ सिट जितेका छन् । काँग्रेस नेतृत्वको युपिए गठबन्धन कुल ८७ निर्वाचन क्षेत्रका विजयी भएको छ ।
निर्वाचनको अन्तिम नतिजा सार्वजनिक र तल्लो सदनको विघटनसँगै भारतमा फेरी नयाँ सरकार गठनको चरण सुरु हुन लागेको छ ।