मुलुकमा संवैधानिक संकट निम्तिन सक्ने भएकाले प्रधानमन्त्रीलाई जिम्मेवार बन्न आग्रह : नेता सिंह

आजभोलि

मुलुकमा संवैधानिक संकट निम्तिन सक्ने भएकाले प्रधानमन्त्रीलाई जिम्मेवार बन्न आग्रह : नेता सिंह

नेपाली कांग्रेसका नेताहरुले मुलुकमा संवैधानिक संकट निम्तिन सक्ने भएकाले प्रधानमन्त्रीलाई जिम्मेवार बन्न आग्रह गरेका छन् ।

काठमाडौ क्षेत्र नम्बर एकमा पार्टीको राष्ट्रिय जागरण अभियान कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै कांग्रेस नेता प्रकाशमान सिंहले वर्तमान सरकार नै संघीयता असफल बनाउन लागिरहेको आरोप लगाए ।

प्रधानमन्त्री केपी शर्मा ओलीका अभिव्यक्ति संविधानको मर्म र भावना विरुद्ध आउन थालेकाले मुलुकमा संवैधानिक संकट निम्तिन सक्ने भन्दै उनले जिम्मेवार बन्न आग्रह गरे । संविधानमाथि कोही पनि हुन नसक्ने भएकाले दम्भ र अहंकार त्यागेर संविधानको पालना गर्न प्रधाननमन्त्रीलाई सुझाव दिए ।

प्रचारबाजीमा अल्झिएर जनतासँग सरकारको भावनात्मक सम्बन्ध टुटेको दिन बल्ल प्रधानमन्त्रीको अहंकारको अन्त्य हुने उनले बताए ।

कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँणले सरकारका गतिविधिविरुद्ध अब सडकदेखि सदनसम्म सशक्त रुपमा उत्रिने परिस्थिति आएकाले एक भएर लाग्न कार्यकर्तालाई निर्देशन दिए । उनले आफुहरु प्रेस र नागरिक अधिकारको रक्षाका लागि खरो रुपमा प्रस्तुत हुने बताए ।

  • १२ जेष्ठ २०७६, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !