पर्यटकको चापले पर्वतारोहीको मृत्यु नभएको पर्यटन विभागको दाबी

आजभोलि

पर्यटकको चापले पर्वतारोहीको मृत्यु नभएको पर्यटन विभागको दाबी

पर्यटन विभागले सगरमाथा आरोहणका क्रममा पर्यटकको मृत्यु भएको घटना पर्वतारोहीको चापले मात्रै नरहेको स्पष्ट पारेको छ ।

सगरमाथामा पर्यटकको अत्यधिक चाप भएको र त्यसले गर्दा पर्वतारोहीको मृत्यु भएको समाचार अन्तरराष्ट्रिय सञ्चारमाध्यममा आउन थालेपछि पर्यटन विभागले वक्तव्य जारी गर्दै त्यसको खण्डन गरेको हो ।

विभागले २२ र २३ मे मा सगरमाथाको चौथो शिविर र त्यो भन्दा माथि केही बाक्लो संख्यामा आरोहीहरु रहेको भएपनि मृत्यु भएका आरोहीहरुको मृत्युको एकमात्र कारण आरोहण मार्गमा रहेको चापमात्र नभएको स्पष्ट पारेको छ ।

वक्तव्यमा हिमालहरुको आरोहण आफैँमा साहसिक, जटिल र संवेदनशील कार्य भएको हुँदा सचेतता अवलम्बन गर्दागर्दै कतिपय दुःखदायी घटनाहरु हुने गरेको जनाइएको छ ।

वसन्तकालीन मौसममा हिमाल आरोहणका लागि गएका आरोही, शेर्पा, सरदारको हिमाल आरोहणका लागि जाने र फर्कने क्रममा हराएका वा मृत्यु हुनेको संख्या १६ पुगेको विभागले उल्लेख गरेको छ । तीमध्ये यो मौसममा सगरमाथा हिमालमा हराउने तथा मृत्यु हुनेको संख्या ८ पुगेको समेत विभागले जनाएको छ ।

विभागले यस मौसममा सगरमाथा हिमालको आरोहणका क्रममा मृत्यु भएका आरोहीहरुको विषयलाई लिएर सामाजिक सञ्जाल मार्फत धारणा राख्ने वा फैलाउने गरेबाट सिर्जना भएको अवस्था वा पुराना फोटो र भिडियो राखी सगरमाथाको महत्व र गरिमालाई होच्याउने, न्यूनीकरण गर्ने मनसाय एवं दुस्प्रचारप्रति विभागले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

  • १२ जेष्ठ २०७६, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !