नेपाली कांग्रेसले गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाउने

आजभोलि

नेपाली कांग्रेसले गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाउने भएको छ ।

केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आइतबार बसेको बैठकले जेठ १४ देखि १६ गतेसम्म प्रभातफेरी, अन्तरक्रिया लगायत कार्यक्रम गरी गणतन्त्र दिवस मनाउने निर्णय गरेको हो ।

बैठकपछि प्रतिष्ठानका कार्यकारी निर्देशक पुरुषोत्तम दाहालले विज्ञप्ति जारी गरी जेठ १४ गते ‘गणतन्त्रको एक दशक’ विषयक अन्तरक्रिया, १५ गते ७७ वटै जिल्लामा प्रभातफेरी र बेलुकी मुख्य चोकहरुमा दीप प्रज्वलन गर्ने र १६ गते ‘संघीयता कार्यान्वयन’ विषयका अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने निर्णय भएको जानकारी दिए ।

काठमाडौं उपत्यकामा भने बिहान बिहान साढे ६ बजे शान्ति बाटिकाबाट प्रभातफेरी प्रारम्भ गर्दै सहरका विभिन्न चोक परिक्रमा गरी पुनः शान्ति बाटिका कार्यक्रम समापन गरिने छ ।

साथै, साँझ साढे ६ बजे शान्ति बाटिका दिप प्रज्ज्वलन गरिने विज्ञप्तिमा जनाइएको छ ।

  • १२ जेष्ठ २०७६, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !