उपत्यकामा बन्दको आंशिक प्रभाव, विभिन्न जिल्लामा सवारीसाधनमा आगजनी

आजभोलि

उपत्यकामा बन्दको आंशिक प्रभाव, विभिन्न जिल्लामा सवारीसाधनमा आगजनी

नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको आंशिक प्रभाव परेको छ ।

आफ्ना कार्यकर्ता मारिएको विरोधमा नेकपाले आह्वान गरेको बन्दको आंशिक प्रभाव परेको हो । काठमाडौं उपत्यकामा सवारी साधन अघिपछिको तुलनामा केही कम चलेका छन् । मुख्य बजार बन्द छन् भने, भित्रि सडकका अधिकांश पसल खुला नै छन् ।

शैक्षिक संस्था भने बन्द भएका छन् । काठमाडौं उपत्यकाबाहिरका जिल्लामा भने बन्दको प्रभाव परेको छ । अधिकांश जिल्लामा सवारी सञ्चालनमा आएका छैनन् भने उद्योग, कलकारखाना र शिक्षण संस्था ठप्प भएका छन् ।

भोजपुरमा आफ्ना कार्यकर्ता तीर्थ घिमिरे मारिएको विरोधमा चन्द नेकपाले बन्द आह्वान गरेको हो । बन्दका क्रममा कुनै अप्रिय घटना नहोस् भनेर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । यसैबीच, बन्दकर्ताले बारामा भारतीय नम्बरको ट्रक जलाएका छन् ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका बजनीमा रोकिराखेको भारतीय लरीमा अज्ञात समूहले आगजनी गरेको छ । त्यसैगरी मकवानपुरको थाहा नगरपालिकामा गाडी जलाइएको अवस्थामा फेला परेको छ । त्यसैगरी त्रिभुवन राजपथ अन्तरगत हेटौंडाको चौकीटोलमा मिनी ट्रकमा आगजनी भएको छ ।

  • १३ जेष्ठ २०७६, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !