महत्वकांक्षी हुँदा पार्टीभित्र नेताहरुलाई व्यवस्थापन गर्न कठिनाई भइरहेको छ : प्रचण्ड

आजभोलि

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र सबै नेताहरुलाई व्यवस्थापन गर्न मुस्किल भइरहेको बताएका छन् ।

१७ औँ कृष्ण सेन स्मृति दिवस समारोहलाई सम्बधोन गर्दै अध्यक्ष प्रचण्डले पार्टीभित्र गुटगत व्यवहार मौलाउँदै गएको र नेताहरु महत्वकांक्षी हुँदा व्यवस्थापनमा कठिनाई उत्पन्न भइरहेको बताए ।

अहिले सघीय लोकतान्त्रिक पद्धतिलाई गुणात्मक रुपमा संस्थागत गर्न जरुरी रहेको भन्दै उनले समाजवाद निमार्णको आधार तयार गर्न विचारलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक रुपमा विकसित गर्न आवश्यक रहेको बताए ।

उनले मौलिक हकअधिकारको कुरा संविधानमा राख्ने कुरा जनताले दिएको जिम्मेवारी अनुसार राजनीतिक दलले राखेकाले त्यसलाई परिमार्जन गर्न सकिने बताए । उनले संविधानको मर्म र भावना विपरित ऐन र कानुन नबनाइने बताए ।

उनले आवश्यक परे संविधान संशोधन गरिने बताए । विचारहिन पार्टी एकता भएको हो कि भन्ने कसैलाई लागेको छ भने त्यो गलत भएको उनको भनाई थियो ।

  • १३ जेष्ठ २०७६, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !