सिक्किमको मुख्यमन्त्रीमा प्रेमसिंह तामाङ नियुक्त

आजभोलि

सिक्किमको मुख्यमन्त्रीमा प्रेमसिंह तामाङ नियुक्त

प्रेमसिंह तामाङ गोले सिक्किमको छैठौं मुख्यमन्त्री बनेका छन् । उनले सोमबार बिहान राज्यपाल गंगा प्रसादबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।

राजधानी गान्तोकको पाल्जोर स्टेडियममा भव्य समारोहका बीच गोलेले पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् । अध्यक्ष गोलेसहित मन्त्रिपरिषदका केही सदस्यहरूले पनि शपथ ग्रहण गरेका छन् ।

सिक्किम क्रान्तिकारी मोर्चाका अध्यक्ष गोलेले हालै भएको विधानसभा निर्वाचनमा पवन चाम्लिङ नेतृत्वको सिक्किम डेमोक्रेटिक फ्रन्टको २५ वर्ष लामो शासन पल्टाइदिएका थिए ।

गोले आफैं चुनाव नलडे पनि उनको पार्टीले सिक्किममा ३२ विधानसभा सिटमध्ये १७ सिट जितेको थियो । सन् २०१४ मा २२ सिट जितेको फ्रन्ट भने यस पटकको चुनावमा १५ सिटमा खुम्चिएको थियो ।

  • १३ जेष्ठ २०७६, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !