सरकारद्वारा चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण सार्वजनिक

आजभोलि

सरकारद्वारा चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण सार्वजनिक

सरकारले चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण संसदमा सार्वजनिक गरेको छ ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले चालू आर्थिक वर्षमा सात प्रतिशत आर्थिक वृद्धि हुने सरकारी अनुमान रहेको जानकारी दिएका छन् ।

आर्थिक वर्ष २०७५÷७६ को अन्त्यसम्ममा प्रतिव्यक्ति आय १ लाख १७ हजार रुपैयाँ पुग्ने अनुमान रहेको मन्त्री खतिवडाले बताए ।

प्रतिव्यक्ति खर्चयोग्य आय भने १ लाख ५५ हजार रुपैयाँ पुग्ने अनुमान रहेको अर्थमन्त्रीको भनाइ थियो । उनका अनुसार फागुनसम्मको औसत मुद्रास्फीति ४ दशमलव २ प्रतिशत रहेको छ भने प्रतिव्यक्ति आम्दानी बढेको छ । कुल गार्हस्थ्य उत्पादनमा भएको वृद्धिले बचत क्षमतामा समेत वृद्धि भएको छ ।

उच्च लगानीका लागि औद्योगिक तथा पुँजीगत लगानीका सामग्रीको आयात बढेको, उच्च व्यापारघाटा कायमै रहेका कारण शोधनान्तर र विदेशी विनिमय सञ्चितिमा चाप परेको अर्थमन्त्रीको भनाइ थियो ।

उच्च आर्थिक वृद्धि, सामाजिक तथा आर्थिक पूर्वाधारमा भएको लगानी र विप्रेषण आप्रवाहमा भएको वृद्धिको कारण गरिबी क्रमिक रुपमा घट्दै गएको उनले दाबी गरे ।

  • १३ जेष्ठ २०७६, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !