कारागारमा हिंसात्मक झडप, ४२ कैदीबन्दी मृत फेला

आजभोलि

कारागारमा हिंसात्मक झडप, ४२ कैदीबन्दी मृत फेला

ब्राजिलका विभिन्न कारागारमा ४२ जना कैदीबन्दी मृत फेला परेका छन् । अमेजोनास राज्यको एक कारागारमा कैदीबन्दीबीच भएको झडपमा १५ जनाको मृत्यु भएको भोलिपल्ट अन्य चार कारागारमा ४२ जना मृत भेटिएका हुन् ।

अक्सिजनको अभावमा श्वासप्रश्वासमा अवरोध भई कैदीबन्दीको ज्यान गएको हुनसक्ने बताइएको छ । ब्राजिलका अधिकारीहरुले कारागारभित्रको झडप अन्त्य गर्न र अवरोध हटाउन निर्देशन दिएका छन् ।

आइतबार मात्रै अमेजोनास राज्यको एक कारागारमा कैदीबन्दीबीच भएको झडपमा १५ जनाको मृत्यु भएको थियो । अमेजोनास राज्यको राजधानी मानसबाट करिब २८ किलोमिटर बाहिर रहेको उक्त कारागारमा कैदीबन्दीले दाँत माझ्ने ब्रस र चक्कुलगायतका सामान प्रयोग गरी एक अर्कामाथि आक्रमण गरेको कारागारका सुरक्षा प्रमुख कर्णेल मार्कोस अल्मेडाले बताए ।

यही कारागारमा सन् २०१७ को जनवरीमा हिंसा भड्किँदा ५६ जनाको मृत्यु भएको थियो । ब्राजिल विश्वमै तेस्रो धेरै कैदीबन्दी रहेको मुलुक हो । सरकारी तथ्यांक अनुसार ब्राजिलमा गत अप्रिलसम्म ७ लाख १२ हजार ३०५ जना कैदीबन्दी छन् । तर ब्राजिलका कारागारको क्षमताभन्दा दोब्बर बढी मानिस थुनामा रहेका छन् ।

  • १४ जेष्ठ २०७६, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !