प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा प्रदेश ३ को लगातार दोस्रो जित

आजभोलि

प्रधानमन्त्री कप एकदिवसीय  क्रिकेटमा प्रदेश ३ को लगातार दोस्रो जित

तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा प्रदेश ३ ले लगातार दोस्रो जित निकालेको छ ।

मंगलबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा गण्डकी प्रदेशलाई ७ विकेटले हराउँदै उसले दोस्रो जित निकालेको हो । पहिलो खेलमा एपीएफसँग ४१ रनले पराजित हुँदै खराव सुरुवात गरेको प्रदेश ३ ले दोस्रो खेलमा प्रदेश ५ लाई हराएको थियो ।

टस जितेर पहिले ब्याटिङ गरेको गण्डकी प्रदेशले ३० ओभर १ बलमा अल आउट हुँदै १ सय ८ रन बनायो । गण्डकी प्रदेशले दिएको १ सय ९ रनको सामान्य लक्ष्य पछ्याएको प्रदेश ३ ले २२ ओभर २ बलमा ३ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो । प्रदेश ३ का लागि आदिल खानले सर्वा्धिक ३८ रनको योगदान गरे ।

त्यस्तै इशान्त पाण्डे २६ रन जोड्दा रित गौतमले २० रन तथा रोविन जैशीले ११ रन बनाए । बलिङतर्फ गण्डकी प्रदेशका किशोर महत्वले दुई र विपिन खत्रीले एक विकेट लिए । यसअघि १ सय ८ रन बनाएको गण्डकी प्रदेशका लागि सुम घिमिरेले सर्वा्धिक ३४ रनको योगदान गरे ।

त्यस्तै आकाश थापाले २८ रन जोड्दा राहुल शर्माले १२ रनको योगदान गरे । प्रदेश ३ का लागि कप्तान पारस खड्का र सूर्य तामाङले समान चार चार विकेट लिए । त्यस्तै नन्दन यादवले दुई विकेट लिए ।

  • १४ जेष्ठ २०७६, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !