जापानको कावासाकीमा बस पर्खेर बसेका स्कुले बालबालिकालाई चक्कू लिएको एक मानिसले अन्धाधुन्ध आक्रमण गरेको छ ।
आक्रमणबाट तीन जनाको मृत्यु भएको छ भने कम्तिमा १८ जना घाइते भएका छन् । आक्रमणकारीले अन्त्यमा आफ्नै घाँटीमा चक्कू हानेको थियो । उसलाई प्रहरीले पक्राउ गरेको थियो तर चोटका कारण उसको मृत्यु भएको जनाइएको छ ।
उसले किन बालबालिकालाई आक्रमण गरेको थियो भन्ने खुलेको छैन । जापान विश्वकै कम संख्यामा हिंस्रक घटना हुने मुलुकका रुपमा चिनिने गरेपनि पछिल्लो समय भने यस्ता घटना छिटपुट रुपमा भइरहेको बीबीसीले जनाएको छ ।