लोकतन्त्रका फेरि लागि लड्नुपर्ने अवस्था आउन सक्छ, तयार रहनु :सभापति देउवा

आजभोलि

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार लोकतन्त्र तथा गणतन्त्र मास्न उद्दत रहेको आरोप लगाएका छन् ।

१२ औँ गणतन्त्र दिवसको अवसरमा नेपाली कांग्रेसले काठमाडौँको शान्ति बाटिकामा गरेको कार्यक्रममा सभापति देउवाले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार लोकतन्त्र र गणतन्त्रकै विपक्षमा देखिएको आरोप लगाएका हुन् ।

उनले प्रधानमन्त्रीलाई आफ्नै मन्त्रीहरुमाथि विश्वास नरहेको र त्यसले शासन व्यवस्था नै खतरामा परेको बताए । आफूहरुले बराम्बार दुःख दिँदै आएको राजतन्त्र अन्त्य गरेर लोकतन्त्र तथा गणतन्त्र ल्याएको तर अहिलेको सरकार यो व्यवस्था नै मास्न तर्फ लागेको बताए । सभापति देउवाले सरकारको गतिविधिले फेरि लोकतन्त्रका लागि लड्नु पर्ने अवस्था आउन सक्ने भन्दै तयार रहन कार्यकर्तालाई निर्देशन दिए ।

२००७ सालबाट कांग्रेस निरन्तर प्रजातन्त्रका लागि लड्दै आएको स्मरण गर्दै सभापति देउवाले आगामी दिनमा पनि कांग्रेस प्रजातन्त्रका लागि लडिरहने बताए । उनले भने,‘२००७ सालदेखि नै प्रजातन्त्रका लागि लडेको पार्टी हो । हिजो लड्यौं, भोलि लड्नेछौं र आज पनि लडिरहेका छौं।’

उनले प्रेस स्वतन्त्रता र मानवअधिकार नभएको मुलुकमा लोकतन्त्र नहुने भन्दै प्रधानमान्त्री ओलीले लोकतन्त्रका आधारभूत स्तम्भमाथि हस्तक्षेप गरेर लोकतन्त्र मास्न खोजेको आरोप लगाए ।

  • १५ जेष्ठ २०७६, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !