प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरियाको काङनाम विश्वविद्यालयले मानार्थ विद्यावारिधीको उपाधी प्रदान गरेको छ ।
बुधबार नेपाली सेनाको सानो भर्याङस्थित स्वास्थ्य विज्ञान संस्थानको हलमा एक कार्यक्रमको आयोजना गरेर विश्विद्यालयलका पे्रसिडेन्ट डा.शिनिल युनले प्रधानमन्त्री ओलीलाई उपाधी प्रदान गरेका हुन् ।
प्रधानमन्त्री ओलीले नेपालमा लोकतन्त्रका लागि उच्च योगदान गरेको भन्दै उक्त विश्वविद्यालयले सो उपाधी प्रदान गरेको जनाएको छ ।
उपाधी ग्रहण पछि बोल्दै प्रधानमन्त्री ओलीले आफूले पाएको मानार्थ विद्यावारिधी कोरियाले सम्पूर्ण नेपालीले गरेको सम्मानको रुपमा लिएको बताए । उनले भने यो सम्मान मेरो व्यक्तिगत होइन सम्पूर्ण नेपालीको सम्मान हो ।
उनले कोरियाको विकासबाट नेपालले धेरै कुरा सिक्न सक्ने पनि बताए ।
कोरिया सही नीति,सही दृष्टिकोण र दृढ संकलपबाट छोटो समयमा विकासको उच्च विन्दुमा पुगेको बताउदै उनले नेपाल केही समयपछि प¥यो तर अहिलेको सरकारको नेतृत्वले सही नीति र दृष्टिकोण लिएर अघि बढेकोले नेपाल पनि अब छोटो समयमै विकसित हुने बताए ।