अर्थमन्त्रीद्वारा आर्थिक वर्ष २०७६/७७ का लागि १५ खर्ब ३२ अर्बको बजेट प्रस्तुत

आजभोलि

अर्थमन्त्रीद्वारा आर्थिक वर्ष २०७६/७७ का लागि १५ खर्ब ३२ अर्बको बजेट प्रस्तुत

अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७६/७७ का लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँको बजेट पेश संसदमा पेश गरेका छन् । जसमा चालुतर्फ ९ खर्ब ५७ अर्ब १० करोड १४ लाख, पूँजिगततर्फ ४ खर्ब ८ अर्ब ५९ लाख र वित्तियतर्फ १ खर्ब ६७ अर्ब ५ कराड ९ लाख रहेको छ ।

१५ खर्बको ३२ अर्बको बजेटका लागि राजस्वबाट ९ खर्ब ८१ अर्ब १३ करोड ८३ लाख, वैदेशिक अनुदानबाट ५७ अर्ब ९९ करोड ५५ लाख, वैदेशिक ऋणबाट २ खर्ब ९८ अर्ब ३३ करोड जुटाइने छ भने आन्तरिक ऋणबाट १ खर्ब ९५ अर्ब व्यवस्थापन गरिने छ । सरकारले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत प्रत्येक सांसदलाई ६ करोड बजेट दिने भएको छ ।

संघीय संसद्मा बजेट पेश गर्दै अर्थमन्त्री युवराज खतिवडाले सांसदलाई दिइने निर्वाचन क्षेत्रको बजेट ६ करोड पुर्याएको जानकारी दिए । गत वर्ष उक्त कार्यक्रमअन्तर्गत संघीय संसद्का सदस्यहरुले ४ करोड पाएका थिए । सांसदहरुका लागि कूल ९ अर्ब छुट्याइएको छ । त्यसैगरी, अर्थमन्त्रीले सबै प्रदेशमा कम्तिमा २ ठूला विद्युत आयोजना वा सौर्य ऊर्जा आयोजना स्थापना गरिने बताए ।

ऊर्जा क्षेत्रका लागि कुल ८३ अर्ब ४९ करोड बजेट विनियोजन गरेको गरिएको उनले बताए । बुढीगण्डकीलाई १३ अर्ब, बुढीगंगालाई २ अर्ब २ करोड रकम विनियोजन गरिएको छ । तमोरलाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा विकास गरिने तथा नौमुरेको निर्माण विधि तय गरिएको छ । यस्तै ग्रामिण विद्युतिकरणको लागि ४ अर्ब ५० करोड विनियोजन गरिएको छ । पूर्व पश्चिम राजमार्गलाई डेडिकेटेड चार लेनको बनाउन काम सुरु गरिने अर्थमन्त्रीले बताए । त्यस कार्यका लागि १९ अर्ब १८ करोड विनियोजन गरिएको छ ।

सरकारले निर्माण गर्ने सबै सडक कम्तिमा दुई लेनको हुने भएको छ । यस्तै सडक मर्मतको लागि पेट्रोलियम पदार्थमा १ रुपैयाँ थप कर लगाइने भएको छ । सरकारले आगामी आर्थिक वर्षका लागि रेल, सडक, पुल तथा पूर्वाधार क्षेत्रका लागि १ खर्ब ६३ अर्ब ५२ करोड रुपैयाँ विनियोजन गरेको छ । यस्तै, काठमाडौं उपत्यका र सबै प्रदेशमा विद्युतीय बस सञ्चालनमा ल्याइने सरकारको योजना छ ।

सरकारले भूमि व्यवस्था तथा सहकारीको क्षेत्रमा करीब सात अर्ब ५९ करोड विनियोजन गरेको छ । उनले माथिल्लो तामाकोशी जलविद्युत् आयोजना आगामी आर्थिक वर्ष्भित्र सम्पन्न गर्ने र रसुवागढी, साञ्जेनजस्ता आयोजना गरी कूल एक हजार मेगावाट क्षमताका आयोजना सम्पन्न हुने उल्लेख गरे ।

सरकारले सवारी साधनको अत्यधिक चाप रहने राजधानीको नयाँ वानेश्वरमा अन्डर पास बनाउने भएको छ । यसैगरी सरकारले त्रिपुरेश्वरदेखि माइतीघरसम्म फ्लाईओभर निर्माण गर्ने भएको छ । सोसम्बन्धी विस्तृत सम्भाव्यता अध्ययन गरी निर्माण कार्य प्रारम्भ गरिने अर्थमन्त्री खतिवडाले बताउनुभयो । काठमाडौं चक्रपथ सडक विस्तार गर्न १ अर्ब ८१ करोड विनियोजन गरिएको छ ।

  • १५ जेष्ठ २०७६, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !