मोदीको सपथमा सरिक हुन दिल्ली जाँदै प्रधानमन्त्री ओली

आजभोलि

मोदीको सपथमा सरिक हुन दिल्ली जाँदै प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण समारोहमा सहभागी हुन बिहीबार नयाँदिल्ली जाँदैछन् ।

प्रधानमन्त्री दिउँसो १ः३५ बजेको उडानबाट दिल्ली जाने सचिवालयले जनाएको छ । आजै साँझ ७ बजे भारतीय मोदीको सपथग्रहण समारोह रहेको बताइएको छ ।

मोदीको सपथग्रहण समारोहमा विमस्टेक राष्ट्रका सरकार तथा राष्ट्र प्रमुखहरुलाई पनि बोलाइएको छ । तर, पाकिस्तानका प्रधानमन्त्रीलाई भने बोलाइएको छैन । यसअघि मोदीको पहिलो कार्यकालको सपथग्रहण समारोहमा दक्षिण एसियाली मुलुकका सरकार प्रमुखलाई बोलाइएको थियो ।

मोदीको सपथग्रहण समारोहमा सार्क मुलुकभित्रै पर्ने पाकिस्तान, अफगानिस्तान र मालदिभ्सका सरकार प्रमुखलाई निम्ता नदिइएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । प्रधानमन्त्री ओली शुक्रबार नेपाल फर्कने कार्यक्रम रहेको छ ।

  • १६ जेष्ठ २०७६, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !