भारतीय समकक्षी नरेन्द्र मोदीको सपथ कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली दिल्लीतर्फ लागेका छन् ।
बिहीबार साँझ नयाँदिल्लीमा हुने सथपग्रहण कार्यक्रममा भाग लिन प्रधानमन्त्री ओली त्यसतर्फ लागेका हुन् ।
प्रधानमन्त्रीसँग धर्मपत्नी राधिका शाक्य, प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई, परराष्ट्रसचिव शंकरदास बैरागी र परराष्ट्रको दक्षिण एसिया डिभिजन प्रमुख यज्ञ हमाल दिल्लीतर्फ गएका हुन् ।
दिल्लीबाट प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा नेपाली राजदूत नीलाम्बर आचार्य र उपनियोग प्रमुख भरतराज रेग्मी पनि सपथ कार्यक्रममा जानेछन् ।