अमेरिकी भिसा आवेदकले सामाजिक सञ्जालको विवरण बुझाउनुपर्ने

आजभोलि

अमेरिकी भिसाको लागि अब आवेदकले सामाजिक सञ्जालको विस्तृत विवरण पेश गर्नु पर्ने भएको छ ।

अमेरिकी विदेश मन्त्रालयले जारी गरेकोे पछिल्लो नियममा आवेदकले सामाजिक सञ्जालको नाम, ५ वर्ष यताका इमेल ठेगाना र फोन नम्बर पनि बुझाउनुपर्ने जनाइएको छ ।

गएको वर्ष यस सम्बन्धी प्रस्ताव पेश गरिएका बेला यसबाट वार्षिक रुपमा एक करोड ४७ लाख मानिस प्रभावित हुने आँकलन गरिएको थियो । तर केही कूटनीतिक र सरकारी अधिकारीले भने भिसा निवेदन दिँदा यस्तो जानकारी पेश गर्नु पर्ने छैन । तर काम तथा अध्ययनका लागि अमेरिका जान चाहने व्यक्तिले भने सम्पूर्ण जानकारी पेश गर्नु पर्ने भएको छ ।

अमेरिकी नागरिकको सुरक्षाका लागि स्क्रिनिङ्ग प्रक्रिया परिष्कृत गर्ने योजना अनुसार नयाँ नियम लागु गरिएको विदेश विभागले बताएकोे छ ।

यसअघि सीमित निवेदकले मात्रै यस्तो जानकारी पेश गर्नु पर्ने थियो । तर अब भने सबै निवेदकले आफ्ना सामाजिक सञ्जाल एकाउन्टका नामहरु दिनु पर्ने भएको छ ।

  • १९ जेष्ठ २०७६, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !