प्रेस स्वतन्त्रतालाई नियन्त्रित गर्ने विधेयक संसद पारित गर्नु सरकारको अधिनायकवादी चरित्रको विस्तारित रुप :नेता कोइराला

आजभोलि

प्रेस स्वतन्त्रतालाई नियन्त्रित गर्ने  विधेयक संसद पारित गर्नु सरकारको अधिनायकवादी चरित्रको विस्तारित रुप :नेता कोइराला

नेपाली काङग्रेसका नेता शेखर कोइरालाले, सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने गरी विभिन्न कानुन ल्याउन लागेकोप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

सोमबार विज्ञप्ती जारी गर्दै उनले सरोकारवालासँग छलफल नै नगरी सूचना प्रविधि विधेयक, मिडिया काउन्सिल विधेयक र विज्ञापन सम्बन्धि विधेयक सुटुक्क संसदमा पेश गरिनु गम्भीर विषय भएको बताए ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई संकुचित र नियन्त्रित गर्ने प्रावधानहरु सहितका विधेयकहरु संसदमा लानु र पारित गर्न तम्सिनु अहिलेको सरकारको अधिनायकवादी चरित्रको विस्तारित रुप भएको उनले आरोप लगाएका छन् ।

नेता कोइरालाले संसदमा दर्ता भएका सञ्चार क्षेत्रसँग सम्बन्धित विधेयक फिर्ता लिई सरोकारवालासँग पर्याप्त छलफल र सहमतिका आधारमा पुनः प्रस्ताव गर्न सरकारलाई आग्रह गरेको छ ।

  • २० जेष्ठ २०७६, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !