अत्यधिक गर्मीले जनजीवन प्रभावित

आजभोलि

अत्यधिक गर्मीले जनजीवन प्रभावित

भारतमा गर्मी चरमोत्कर्षमा पुगेको छ । देशका विभिन्न स्थानमा तापक्रम ४५ डिग्री सेल्सियसभन्दा उकालो लागेको छ ।

उत्तरी राज्य राजस्थानको चुरुमा आइतबार तापक्रम ५० दशमलव ८ डिग्री पुगेको भारतको मौसम विभागले जनाएको छ । तापक्रम बढेपछि राजस्थान र मध्य प्रदेश राज्यमा गर्मीको लहर बढ्ने चेतावनी दिइएको छ । दुवै राज्यमा सर्वाधिक गर्मी हुने गर्छ ।

यो वर्ष उत्तरी समथर भूमिदेखि पश्चिम तथा दक्षिणी भेगमा पनि प्रचण्ड गर्मी भएको छ । घरबार नभएका व्यक्तिहरू गर्मीबाट धेरै पीडित भएका छन्। सडक व्यापारी, ट्राफिक प्रहरी तथा रिक्साचालकहरू गर्मीमै काम गर्न बाध्य छन् । मौसमसम्बन्धी जानकारी दिने वेबसाइट एल डोराडोले विश्वका १५ गर्मी स्थानको सूचीमा सोमवार भारतका सातवटा सहरलाई राखेको छ । बाँकी आठ स्थान पाकिस्तानमा छन् ।

पाकिस्तानको सिन्ध प्रान्तस्थित जेकोबाबादमा तापक्रम ५१ डिग्री सेल्सियस पुगेको छ । सो सहरलाई पृथ्वीकै सबैभन्दा गर्मी स्थान मानिएको छ ।

मनसुनमा विलम्ब हुने लक्षण देखिएकाले गर्मी अझ अरू केही दिन रहने भारतको मौसम विभागले जनाएको छ । भारतका केही सहरमा मानिसहरूले बाटो तथा सार्वजनिक स्थलमा बटुवालाई पानी तथा अन्य चिसो पेय पदार्थ वितरण गर्न थालेका छन् ।

  • २१ जेष्ठ २०७६, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !