सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका सांसद घनश्याम भुसालले मुख्य पार्टीले दलाल पुँजीवादको नेतृत्व गरिरहेको र समाजलाई भ्रष्ट बनाइरहेको बताएका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै उनले यो कुनै पार्टी विशेषको मात्र नभइ आम चरित्र रहेको बताएका हुन् । कानुनको पालनामा भएको बलमिच्याईका कारण राज्य र समाजमा ब्यापक विकृति देखिएको भन्दै उनले राष्ट्रिय सहमति विना ठूला घोटाला हुन नसक्ने टिप्पणी गरे ।
अर्बभन्दा माथिको भ्रष्टाचार कर्मचारीतन्त्रले गर्न सक्छ भन्दै भुसालले प्रश्न गरेका छन् । उनले ठूला भ्रष्टाचार एक्लै नहुने र त्यहाँ राष्ट्रिय सहमति बन्ने गरेको बताए । दलहरुकै कारण समाजमा भ्रष्टाचार बलियो हुँदै गएको भन्दै उनले बलशाली भ्रष्टाचारका कारण समाज भ्रष्टाचारको दुष्चक्रमा फस्दै गएको बताए ।
बजेटले परिवर्तनपछिको अवस्थालाई सम्बोधन गर्नुपर्ने बताउँदै उहाँले राजनीतिक आयामबाट यसको चर्चा हुनुपर्नेमा जोड दिए ।