नेपालमा भूसको आगो झै फैलदैं छ यौन बजार, बाहिर झट्ट हेर्दा न यौनवजारको पर्दाभित्र नजर पु्ग्छ न दन्केको यौनबजार नियन्त्रणको बाटोमा नै छ ।
नेपालको यौनवजारलाई वैधानिकता नदिएको भएपनि हरेक दिन करोडौंको लेनदेन चल्ने गरेको छ भन्दा धेरैलाई पत्याउनै गाह्राे छ ।
तर यहि सत्य हो नेपालको यौनबजार अब कसैले चाहेर पनि नियन्त्रण गर्न नसक्ने गरि फैलदों छ । यही कारण पनि हुन सक्छ भित्रभित्रै नेपालमा पनि रेडलाइट एरिया तोकी यौनबजारलाई व्यवस्थित गर्नुपर्ने आवाज गुञ्जिन थालेको छ ।
पर्यटन व्यवसायीको भनाईलाई पत्याउने हो भने, प्रत्येक दिन काठमाडौंमा ६० लाख देखी १ करोड ५० लाख रुपैयाँसम्मको यौन व्यापार हुने गरेको छ । यो आँकडा काठमाडौंमा सञ्चालित मनोरञ्जन क्षेत्र र होटलहरुको मात्रै हो ।
मनोरञ्जन क्षेत्रअन्तर्गत डान्सबार, क्याबिन, मसाज, दोहोरी साँझ, खुला रेस्टुरेन्ट, डिस्को आदि पर्छन् भने होटल अन्र्तगत राजधानीका तारेहोटलसहित खाने बस्ने प्रबन्ध भएका राजधानीका ठमेल, वागबजार, गोंगबु र सुन्धारा क्षेत्रका होटलहरु पर्दछन ।
ठमेलमा आउने अधिकांश ग्राहकको माग चलेका मोडल वा सानो पर्दाको होस वा ठुलो पर्दाका नायिकाहरु नै पहिलो रोजाईमा पर्ने गरेका छन । यिनीहरु यौनव्यवसायमा महंगा यूवतीको रुपमा पनि चिनिने गरेका छन ।
यस आधारमा प्रत्येक रात मनोरञ्जन क्षेत्रमा काम गर्नेहरूबाट मात्रै २ करोड ६८ लाख ७५ हजार रुपैयाँ व्यापार हुने देखिन्छ । यस आधारमा हेर्दा प्रत्येक महिना यस क्षेत्रमा न्यूनतम १ अर्ब ३ करोड ६२ लाख ५० हजार रुपैयाँको कारोबार हुन्छ ।
मनोरञ्जनका क्षेत्र र स्टार होटलहरु बाहेक काठमाडौंका सुन्धारा गोगंबु र बागवजार र कंलकीका होटलहरु पनि यौन व्यवसाय हुने स्थानको रुपमा चिनिन्छन ।
खासगरि उच्चबर्गिय यूवायूवतीहरु गोपनियता र सुरक्षाका कारण महंगो रकम तिरेर तारे होटलहरुमा पुग्ने र मध्ययम तथा निम्न बर्गियहरु सुन्धारा गोंगबु बागवजार लगायतका क्षेत्रका असंगठित स साना होटलहरुमा जाने भएकाले यस्तो व्यवसायमा सबै होटल व्यवसायीहरुलाई मुछ्न नहुने तर्क गर्छन ।