दुई लाख ७५ हजार घुससहित वडा अध्यक्ष बरैले पक्राउ

आजभोलि

प्रेस विज्ञप्ति :- मिति २०७६।०२।२१ गते 
—————————————— 
घुस रकमसहित नियन्त्रणमा लिइएको।
—————————————— 
महागढीमाई नगरपालिका वार्ड नं. ६ बाराका निर्वाचित वडा अध्यक्ष रामजीप्रसाद बरैले सांसद विकास कोषबाट आएको रकमबाट नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बबुआइनको कम्पाउण्ड वाल बनाउन उपभोक्ता समिति गठन गरी काम सुरु गर्नु पूर्व विभिन्न बहाना गरी सेवाग्राहीसँग घुस/रिसवत रकम माग गरेको भन्ने सूचना एवम् उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौंडाबाट खटिई गएको टोलीले निज वडा अध्यक्ष रामजीप्रसाद बरै र सोही नगरपालिकाको वडा नं. ६ का मुसहर बैठालाई सेवाग्राहीसँग रु २,७५,०००।–(रु.दुई लाख पचहत्तर हजार मात्र) घुसबापतको रकम लिइसकेको अवस्थामा उक्त घुस रकमसहित कलैया उपमहानगरपालिका वडा नं. ७ स्थित दुर्गा माध्यमिक विद्यालयको हाताबाट रङ्गेहात नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको छ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

  • २१ जेष्ठ २०७६, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !