सरकारले मुस्लिम धर्मावलम्बीहरुको महत्वपूर्ण पर्व इद उल फितर फित्रको दिन भोलि (बुधवार) सार्वजनिक बिदा दिने भएको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकको निर्णय अनुसार मुस्लिम आयोगको सिफारिसमा भोलि बिदा दिने निर्णय गरेको हो।
यस वर्ष इद उल फितर जेठ २२ गते परेको छ । यद्यपि, इदको मिति भने मुस्लिम आयोगको सिफारिसमा हुने गर्छ ।