काङ्ग्रेसका नेता लामाद्वारा दश एम्बुलेन्स र दुई शववाहन सहयोग

आजभोलि

काङ्ग्रेसका नेता लामाद्वारा  दश एम्बुलेन्स र दुई शववाहन सहयोग

सांसद एवं नेपाली काङ्ग्रेसका नेता जिपछिरिङ लामाले दोलखा जिल्लामा दश एम्बुलेन्स र दुई शववाहन सहयोग गरेका छन् ।

जिल्लामा रहेका नौ वटा स्थानीय तहलाई एक–एक एम्बुलेन्स तथा भीमेश्वर र जिरी नगरपालिकालाई थप एक एक शववाहन  सहयोग गरेका तेङिमा–दाडोमा लामा स्मृति प्रतिष्ठानले जनाएको छ । 

दोलखाको उत्तरी गाउँ खारेमा पहिलो पटक लामाले एम्बुलेन्स सहयोग गरेको हो । लामो समयदेखि जिल्लाको विभिन्न क्षेत्रमा सहयोग गर्दै आएका लामाले गत मङ्सिरमा तामाकोशी गाउँपालिका, मेलुङ गाउँपालिका, बिगुँ गाउँपालिका, कालिञ्चोक गाउँपालिका तथा जिरी नगरपालिकालाई एम्बुलेन्स सहयोग गरेका थिए । 

मंगलबार  लामाले दोलखाको शैलुङ गाउँपालिका, बैत्यश्वर गाउँपालिका, गौरीशङ्कर गाउँपालिका, बिगु गाउँपालिकालाई एक एक वटा एम्बुलेन्स भीमेश्वर र जिरी नगरपालिकामा थप एक÷एक वटा शववाहन  सहयोग गरेका हुन्। 

आफ्नो आमा र बुबाका नाममा स्थापना गरिएको तेङिमा–दाडोमा लामा स्मृति प्रतिष्ठानको नामबाट लामाले दोलखा सदरमुकाम चरिकोटमा एक कार्यक्रम गरी एम्बुलेन्सको चाबी हस्तान्तरण गरेका थिए । 

एम्बुलेन्स नभएकै कारण धेरै बिरामीलाई समयमा नै अस्पताल पु¥याउन नसक्दा मृत्यु भएको खबर सार्वजनिक भइरहेका बेला त्यस्ता समस्या नआओस् भन्ने उद्देश्यले एम्बुलेन्स वितरण गरिएको लामाको भनाइ थियो । 

  • २१ जेष्ठ २०७६, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !