पर्यटक बस दुर्घटना हुँदा १७ को मृत्यु, ५ जना घाइते

आजभोलि

पर्यटक बस दुर्घटना हुँदा १७ को मृत्यु, ५ जना घाइते

मुस्लिम धर्मावलम्बीको महान् चाड इद मनाएर ओमनबाट दुबई आउँदै गरेको पर्यटक बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ भने अन्य ५ जना सख्त घाइते भएका छन् ।

मृतक १७ मध्ये १० जना भारतीय पर्यटकहरु रहेका छन् भने बाँकीको पहिचान हुने क्रम जारी रहेको सञ्चारमाध्यमहरुले जनाएका छन् । ३१ जना यात्रुहरु सवार रहेको उक्त बस ओमानको राजधानी मस्कटबाट दुबई आउँदै थियो ।

शेख मोहम्मद विन जायद सडकमा स्थानीय समयअनुसार साँझ ५ः४० मा भएको दुर्घटनाग्रस्त बस ओमानको रहेको जनाइएको छ । दुर्घटनामा घाइते भएका बिरामीहरुलाई दुबईको रसिद अस्पतालमा उपचारका लागि लगिएको जनाइएको छ ।

उक्त बसका चालकले दुबईको सडक नियम उल्लंघन गरेर गाडी चलाइरहेको सञ्चारमाध्यमहरुले जनाएका छन् । ट्राफिकको साइडबोर्डहरुको वास्ता नगरी बस चलाएका कारण दुर्घटना भएको दुबई प्रहरीले जनाएको कुरा सञ्चारमाध्यममा उल्लेख छ ।

  • २४ जेष्ठ २०७६, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !