भेनेजुएला र कोलम्बियाबीचको सीमा नाका चार महिनापछि खुल्यो

आजभोलि

भेनेजुएला र कोलम्बियाबीचको सीमा नाका चार महिनापछि खुल्यो

भेनेजुएला र कोलम्बियाबीचको सीमा नाका खुला भएको छ । चार महिनादेखि बन्द भएको सीमा खुला गरिएसँगै भेनेजुएलाका लाखौं नागरिक अत्यावश्यकीय सामान खरिदका लागि कोलम्बियाको सीमापारी पुगेका छन् ।

गत फेब्रुअरीमा भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले सीमा नाका बन्द गरेका थिए । आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका विपक्षी नेता हुँवा गोइदोले अमेरिकालगायतका देशबाट मानवीय सहायताका सामान भित्राउन आह्वान गरेपछि राष्ट्रपति मदुरोले सीमा नाका बन्द गरेका थिए । लामो समयदेखि आर्थिक संकटमा गुज्रिरहेको भेनेजुएलामा मानवीय सहायतासमेत उपलब्ध हुन नसकेपछि विपक्षी नेता हुँवा गोइदोले सहायता उपलब्ध गराउन अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका थिए ।

तर, राष्ट्रपति मदुरोले भने अमेरिकालगायतका युरोपेली मुलुकबाट कुनै पनि हालतमा सामानहरु भित्रिन नदिने अडान राख्दै सीमा नाका बन्द गराएका थिए । विपक्षी नेताको आह्वानअनुसार अमेरिकालगायत युरोपेली मुलुकहरुले भेनेजुएलाका लागि मानवीय सहायता बोकेका गाडि कोलम्बियाको कुकुतासम्म पु¥याएका थिए । तर, नाका बन्द भएपछि ती सामान भेनेजुएला भित्रन पाएका थिएनन् ।

  • २६ जेष्ठ २०७६, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !