मालीमा हतियारधारी समूहको आक्रमण, करिब १ सय जनाको मृत्यु

आजभोलि

मालीमा हतियारधारी समूहको आक्रमण, करिब १ सय जनाको मृत्यु

अफ्रिकी मुलुक मालीमा डोगोन जातीय समूहले गरेको आक्रमणमा करिब १ सय जनाको मृत्यु भएको छ । सांगा शहरनजिकैको मोप्ती क्षेत्रस्थित सोबामी डामा भएको आक्रमणमा उनीहरुको मृत्यु भएको हो ।

करिब ५० जनाको समूहमा मोटरसाइकल र पिकअप भ्यानमा आएका हतियारधारी समूहले गाउँमा आक्रमण गरेका हुन् । उनीहरुले महिला र बालबालिकालाई समेत निशाना बनाएका थिए । आक्रमणको जिम्मेवारी अहिलेसम्म कसैले पनि लिएको छैन । आक्रमणमा परेर मारिएका ९५ जनाको शव फेला परेको अधिकारीहरुले जनाएका छन् ।

फेला पारिएका अधिकांश शव जलेको अवस्थामा भेटिएका थिए । आक्रमणमा परेका १९ जना अझै हराइरहेका छन् । उनीहरुको खोजी भइरहेको अधिकारीहरुले जनाएका छन् । पछिल्ला केही महिनायता मालीमा यस्तै खालका आक्रमणहरु हुने गरेका छन् । यस्ता आक्रमणमा केही जातीय समुदायको संलग्नता रहेको बताइएको छ ।

  • २८ जेष्ठ २०७६, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !