सरकार नागरिकका अधिकारलाई समाप्त पार्ने बाटोमाः सांसद थापा

आजभोलि

सरकार नागरिकका अधिकारलाई समाप्त पार्ने बाटोमाः सांसद थापा

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले सरकार एकपछि अर्को नागरिकका अधिकार कुण्ठित हुने गरी कानून बनाउन लागेको आरोप लगाएका छन् ।

आइतबार प्रतिनिधिसभाको विशेष समयमा सांसद थापाले सूचना प्रविधि विधेयक, गुठी विधेयक लगायतका विधेयक नागरिकको अधिकारलाई समाप्त पार्ने गरी सरकार अघि बढेको आरोप लगाए । थापाले बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई अभिव्यक्ति स्वतन्त्र कस्तो हुन्छ भन्ने थाहा भएको बताए पनि देशभित्र भने उल्टो व्यवाहार गरेको अरोप लगाए ।

उनले सूचना प्रविधि विधेयकमा अमुर्त प्रावधान राखेर सामाजिक सञ्जालमा सामान्य प्रतिक्रिया जनाउँदा पनि जेल जानुपर्ने अवस्था आउन लागेको भन्दै सबैलाई सचेत रहन आह्वान गरे ।

विधेयक जस्तोको त्यस्तै पारित भएमा नेकपाका कार्यकर्ता मात्र सुरक्षित रहने उनको भनाई थियो । उनले विधेयक जस्ताको त्यस्तै पारित भए अब यहाँ सरकारका अरिंगालहरु मात्र सुरक्षित रहने बताए ।

  • १ असार २०७६, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !