नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले सरोकारवालासँग छलफल र परामर्श गरेर गुठी विधेयक ल्याउनुपर्ने बताएका छन् ।
नेपाली काङ्ग्रेस काठमाडौँ महानगरपालिकाले आइतबार आयोजना गरेको ‘विरोध सभा’लाई सम्बोधन गर्दै उनले संसदमा पेश गरिएको गुठी विधेयक तत्काल फिर्ता गर्नुपर्ने बताए।
सरोकारवालासँग छलफल र परामर्श नगरी गलत मनसायबाट गुठी विधेयक आएको उनको भनाइ छ । उनले गुठी अधिकार सुरक्षित गर्न काङ्ग्रेसले सदन र सडकमा आन्दोलन गर्ने स्पष्ट पारेका थिए ।
नेता सिंहले वर्तमान सरकारले गुठी विधेयकबारे गम्भीर भएर सोच्नुपर्ने बेला आएको उल्लेख गरे।