रातो माटो र हरियो गोबरले पोतिएको
थियो चौकोसे आँगन,,
पुर्बी दिशामा उभिएको थियो
शानदार तुसलिको बोट,
छेउमै थिए घरद्ध वटा अधबैंसे रुखहरु
त्यही रुखमा बसेर प्रेमिल गित गाईरहेका थिए
एक नब नवीन परेकाको जोडी।
त्यही पर गोठमा काली भैंसी चपाईरहेकी
थि हरियो घाँस ,
आफ्नै लयमा चपचप आमाको दुध तानिरहेको थियो पुन्टे पाडो।।
छेउमै थियो काली,खैरी र घोर्ली बाख्रीका
चट्पटे पाठापाठि,उफ्रिरहेका थिए आफ्नै ताल
अनि सुरमा बुरुकबुरुक।।
चिँउचिँउ चिँउचिँउ गर्दै थिए भर्खरै अण्डामय
दुनियाँबाट बाहिर आएका चल्लाहरु
कोरली माउ कोत्याकत्याकको आवाजमा
चल्लाहरु भित्र लाने तर्खर गर्दै थिइन्।।
कराउँदै थ्यो रातो भाले
कुकुरी..काँ..को आवाजमा,
पिँडिको कुनाबाट म्याँउम्याँउ
गर्दै थि काली बिराली,
कोहि अपरिचित आए झैं बेतोडले भुक्दै थियो
खैरे कुकुर।।
त्यतिकैमा अचानक हल्लियो त्यो जमिन,
सुरु भयो च्याँउच्याँउ म्याँउम्याँउको आवज,
भुक्न थाल्यो झन् बेजोडले खैरे कुकुर,
चर्कियो त्यो कुखुरा भाले,कुखुरा माउ
अनि चल्लाहरुको हल्ला,,
स्तब्ध भो
पुन्टे पाडो र चट्पटे पाठाहरुको चुरिफुरी,
प्रेममय दुनियाँ भुलेर
भुरुर उड्यो परेवाको जोडी,
गोबरमाटोले पोतिएको आँगन पट्पटिन लाग्यो,
लल्याकलुलुक भयो सानदार तुलसिको बोट,
४५° को एङ्गलमा यताउती ढल्कियो त्यो रुख,
अचानक १८०° को एङ्गलमा तेर्सियो त्यो घर,
एकैछिनमा छायो सन्नाटा र अन्तिममा त्येही
घरको एककुनाबाट सुनियो मधुर आवजमा भुकम्प ……भुकम्प……भुकम……।।।
सबिता दोङ तामाङ
काभ्रे चौरीदेउराली