इतिहासमै सबैभन्दा महंगियो सुन, एक तोलाको सुनको ६५ हजार

आजभोलि

 सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार हालसम्मकै इतिहासमा सुनको मूल्य सबैभन्दा बढी भएको छ ।

अघिल्लो दिन नै रेकर्ड कायम गरेको सुन ६५ हजार प्रतितोला पुगेको छ । यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो। हिजोको तुलनामा सुन प्रतितोला १ हजार रुपैयाँले बढेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ।

एक महिनादेखि सुनको मूल्य निरन्तर उकालो लागिरहेको तथ्यांकले देखाउँछ। एक महिनाकै अवधिमा सुनको मूल्य ५ हजार ८ सय रुपैयाँले बढिसकेको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दा त्यसको असर नेपाली बजारमा परेको सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताए ।


  • ६ असार २०७६, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !