रङ्गशालामा किचिएर कम्तीमा १५ जनाको मृत्यु

आजभोलि

रङ्गशालामा किचिएर कम्तीमा १५ जनाको मृत्यु

माडगास्करमा देशको स्वतन्त्रता दिवस मनाउन आयोजित एउटा विशेष कार्यक्रममा किचिएर कम्तीमा १५ जनाको मृत्यु भएको छ ।

घटना कसरी भयो भन्ने स्पष्ट भइसकेको छैन । तर परेडपछि मानिसहरू कार्यक्रम आयोजित रङ्गशालाबाट बाहिर जान खोज्दा प्रहरीले ढोका बन्द गरिदिएको अधिकारीहरूले बताएका छन् । राजधानी एन्टनान्नरिभोस्थित रङ्गशालामा भएको घटनामा दर्जनौँ मानिसहरू घाइते भएका छन् ।

गत सेप्टेम्बर महिनामा फुटबल खेल हुँदा भिडले किचेर त्यही रङ्गशालामा एक जनाको मृत्यु भएको थियो भने ३० भन्दा बढी मानिस घाइते भएका थिए।

स्वतन्त्रता दिवस समारोह हेर्न हजारौँ मानिस भेला भएका थिए । समाचारसंस्था एएफपीका अनुसार परेडपछि सुरक्षाकर्मीले दर्शकहरू बाहिर जाऊन् भनेर ढोकाहरू खोलिदिएका थिए।

तर प्रत्यक्षदर्शीहरूले केही ढोका तत्कालै बन्द गरिएको र भिडलाई प्रहरीले रोकेकाले मानिसहरू किचिएको बताए।

  • १२ असार २०७६, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !