हुवावेको विश्वभरका ८७ हजारभन्दा बढी आविस्कारमा अधिकार रहेको दावी

आजभोलि

विश्वप्रख्यात चिनियाँ कम्पनी हुवावेको विश्वभर ८७ हजार ८०५ आविस्कारमाथि (पेटेन्ट राइट्स) रहेको उक्त कम्पनीले दावी गरेको छ ।


यसमध्ये कुल ११ हजार १५२ अमेरिकी आविस्कारमा पनि हुवावेको पेटेन्ट राइट्स रहेको र यो अमेरिकी अधिकारीद्वारा अधिकार पत्र (लाइसेन्स) दिइएको कम्पनीले बताएको छ ।

बौद्धिक सम्पत्ती भनेर चिनिने उक्त अधिकारबापत उसले सन् २०१८ को अन्त्यसम्ममा आफ्नो बार्षिक आम्दानीको १० देखि १५ प्रतिशतसम्म खर्च अनुसन्धान तथा विकासका लागि खर्चिने गरेको बताएको छ ।

सेनजेनमास्थित कम्पनीको मुख्यालयले सन् २०१८ मा प्रबिधिमा पछिल्लो पुस्ताको फाइभ–जी नेटवर्कका लागि मात्रै दुई अर्ब अमेरिकी डलर लगानी रहेको जनाएको छ ।

फाइभ–जीका लागि अन्य सबै प्रमुख उत्पादक कम्पनीले अमेरिका र यूरोपमा गरेको खर्चभन्दा हुवावेले गरेको यो लगानी अत्यधिक बढी रहेको पनि कम्पनीको दावी छ ।

“हुवावेले अन्य कम्पनीहरूको इनटर्नेट प्रोटोकल (आइपी) लाई सञ्चालन गर्नका लागि विगत ३० बर्षमा छ अर्ब अमेरिकी डलरभन्दा बढी राजस्व तिरेको र यसको झण्डै ८० प्रतिशत हिस्सा अमेरिकी कम्पनी तथा फर्मका लागि गएको छ,” हुवावे कम्पनीका प्रमुख कानून अधिकृत सोङ लिउपिङले बताए ।

सोङले भने, “बौद्धिक सम्पत्तीको सम्मान र सुरक्षा गर्ने बिषय हुवावेको प्रमुख सिद्धान्त र आधार भएकाले उसले व्यवसायिक सफलता पाएको तर यसलाई विभिन्न क्षेत्र (खासगरी अमेरिका)बाट आइपी विवादका रूपमा राजनीतिकरण गर्न खोजेको देखिन्छ ।”

“विगत ३० बर्षमा विश्वको कुनै पनि अदालतले हुवावेले गलत उद्देश्य राखी आइपी चोरी गरेको ठहर गरेको छैन,” सोङले भने ।
“कुनै पनि कम्पनीले अरूको आविस्कार चोरेर विश्वलाई नेतृत्व गर्न सक्दैन ।”

हुवावे दुवै तहबाट आइपी विवादमा रहेको स्वीकार गर्दै कम्पनीका प्रमुख कानून अधिकृत सोङले भने, “यो अन्तराष्ट्रिय व्यापारमा सामान्य हो र यसलाई कानूनी प्रक्रियाबाट समाधान गर्नुपर्छ ।”

सोङका अनुसार हुवावे विश्वकै उच्च सफल प्रबिधि कम्पनी बन्न सफल भएको छ । यो कम्पनीले अनुसन्धान तथा विकासमा लामो समयदेखि गरेको उच्च लगानीको प्रतिफल हो ।

  • १३ असार २०७६, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !