राजनीतिमा त्याग र निष्ठाको सम्मान हुन छोड्यो : प्रकाशमान सिंह

आजभोलि

राजनीतिमा त्याग र निष्ठाको सम्मान हुन छोड्यो : प्रकाशमान सिंह

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले राजनीतिमा त्याग र निष्ठाको सम्मान हुन छाडेको बताएका छन् ।

नेपाली कांग्रेस बुटवल उपमहानगर समितिले आइतबार आयोजना गरेको गणेशमान सिंहको शालिक अनावरण कार्यक्रममा नेता प्रकाशमान सिंहले पद नै सबभन्दा ठूलो मानी यसका लागि जेसुकै गर्ने प्रचलन हाबी हुनु नै मुलुकको दुर्दशा सुरू भएको बताएका हुन्।

नेता सिंहले अहिलेको सरकार बहुमतको भएपनि सबैभन्दा डरपोक सरकार भएको बताए । अआफु शक्तिशाली बन्ने धुनमा सबैभन्दा कमजोर प्रधानमन्त्री भएको बताए ।

आजभोली प्रधानमन्त्रीका गुनासा र रोधनले काम गर्न नसकेको प्रष्ट भएको बताउदै चमत्कार गरेर देखाउन सक्ने हैसियत भएर पनि यति असफल हुनु दुखद भएको बताए ।

प्रहरीले शान्तिपूर्ण विरोध प्रदर्शन गर्दा गरेका धरपकडको आलोचना गर्दै नेता सिंहले शान्ति सुरक्षा कायम गराउन समेत नसकेकाले सरकार आफ्नै कारणले अश्तिर बनेको दाबी गरे ।

आफ्नै पार्टीको बारेमा धारणा राख्दै नेता सिंहले काँग्रेस आजको अवस्थामा पुग्नुको मुख्य कारण पार्टीको विधान भएको बताए । काम नगर्नेलाई विधान अनुसार काम गर भन्दा पनि विरोध गर्यो भनेर भन्दा पार्टी कमजोर भएको तर्क गरे ।

पार्टी कब्जा गर्नेहरुले मुलुक कम्युनिष्टहरुले कब्जा गरिसकेको कुरा ख्याल अग्रण समेत उनले ध्यानाकर्षण गराए । पार्टीलाई तदर्स समितिबाट संचालन गर्ने, भागबन्डा लगाउने कुरा आफुलाई मान्य नहुने भन्दै नेता सिंहले राजनीतिक सहमति भन्दा पार्टी विधान र नियमावलीले चलाउनु पर्नेमा जोड दिए ।

  • १५ असार २०७६, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !