मन्थलीमा मुर्तिलाई प्रमुख अतिथि बनाएर भ्रष्टाचार विरुद्धको अभियान शुरु

आजभोलि

पुष्कर खड्का
रामेछापमा सुखी नेपाली,समृद्ध नेपालका लागि भ्रष्टाचार विरुद्धको अभियान रामेछापमा शुरु भएको छ ।

रामेछापको मन्थली नगरपालिका वडा नं १ का यमबहादुर थापाले उक्त अभियानको शुरुवात गरेका छन् ।

आईतबार सदरमुकाम मन्थली देवकोटा चोकमा भगवान् शिवशंकरको मुर्ति स्थापना सँगसँगै मुर्तिलाई प्रमुख अतिथि बनाएर अभियानको शुरुवात गरिएको अभियान्ता यमबहादुर थापाले जानकारी दिए ।

स्थानीय तहमा हुने भ्रष्टचार, अनियमिततालाई रोक्न,नियन्त्रण गर्न नेपालको ७७ जिल्लामै भ्रष्टाचार विरुद्धको अभियान सञ्चालन गर्ने अभियान अन्र्तगत आफ्नै जिल्ला रामेछापबाट शुरु गरिएको उनको भनाई छ ।

यो अभियानमा देशभरको ४४ हजार भन्दा बढी अभियान्ताहरु लागी परेको र वडा,नगरपालिका,गाउँपालिकालाई भ्रष्टाचारमुक्त बनाउन चाहनेहरुले यो अभियानमा साथ दिने सक्ने उनले बताए।

उक्त कार्यक्रममा लगभग ५ सय जनाभन्दा बढीको सहभागीता रहेको कार्यक्रम आयोजक एवम् अभियान्ता थापाले बताए ।

  • १५ असार २०७६, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !