संसद् भवनभित्रै तोडफोड, प्रदर्शनकारीलाई हटाउन अश्रु ग्यास प्रहार

आजभोलि

संसद् भवनभित्रै तोडफोड, प्रदर्शनकारीलाई हटाउन अश्रु ग्यास प्रहार

हङकङको संसद भवनमा प्रवेश गरेका प्रदर्शनकारीलाई त्यहाँबाट हटाउनका लागि प्रहरीले अश्रु ग्यास प्रहार गरेको छ ।

हङकङको सार्वभौमसत्ता बेलायतबाट चीनमा हस्तान्तरण भएको दिनको सम्झनामा सोमबार विशाल प्रदर्शन भएको हो ।

प्रदर्शनकारी सोमबार बेलुका हङकङको संसद भवनमा प्रवेश गरी केही घण्टा आफ्नो नियन्त्रणमा लिएका थिए । प्रहरीले अश्रु ग्यास प्रयोग गरी प्रदर्शनकारीलाई तितरवितर पारेको बिबिसीले उल्लेख गरेको छ ।

हङकङ सरकारले प्रस्ताव गरेको सुपुर्दगी सम्बन्धी विधेयकको विरोधमा केही हप्तादेखि प्रदर्शन हुँदै आएको छ । सरकारले विधेयक फिर्ता लिए पनि प्रदर्शन रोकिएको छैन । विधेयकका कुनै पनि अभियुक्तलाई चीन सुपुर्दगी गर्न सकिने व्यवस्था थियो । यसले देशको सर्वाभौमसत्ता कमजोर हुने र चीनको प्रभाव बढ्ने विपक्षीले बताउँदै आएका छन् ।

सोमबार सुरुमा शान्तिपूर्ण प्रदर्शन भएको थियो । प्रदर्शनकारीले प्रहरी दमनबारे छानबिन गर्नका लागि स्वतन्त्र कमिटि बन्नु पर्ने पनि माग गरेका छन्

  • १७ असार २०७६, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !