बिहारमा बाढीका कारण ८ जनाको मृत्यु ,सयौं घाइते

आजभोलि

नेपालको तराई क्षेत्रसँग सीमा जोडिएको भारतको उत्तर बिहार क्षेत्रमा बाढीका कारण ८ जनाको मृत्यु भएको छ ।

घटनामा सयौं घाइते भएका छन् । भीषण वर्षासँगै विभिन्न नदीमा आएको बाढीले ठूलो भूभाग डुबानमा परेको भारतीय अधिकारीहरुले जनाएका छन् । कमला, बागमती, गण्डकी, कोशीलगायतका नदी बढेर बस्तीमा पुगेपछि ठूलो संख्यामा मानिसहरु विस्थापित भएको जनाइएको छ ।

कमला नदीको तटबन्ध फुटेपछि जयनगरका ९० प्रतिशत भन्दा बढी घर डुबानमा परेका छन् । स्थानीय प्रशासनले त्यहाँको बजार खाली गराएको छ । भारतले नेपालसँगका अधिकांश सीमा क्षेत्रमा पर्खाल लगाएकाले नदी आसपासको क्षेत्रमात्र डुबानमा परेको छ । नदी प्रभावित क्षेत्रमा भने डुबानको असर बढी देखिएको जनाइएको छ ।

भारत सरकारले विभिन्न सहर क्षेत्रमा बाढीको प्रभाव न्युनिकरणका लागि लगाएका पर्खालहरु भत्किएको र लाखौं मानिस विस्थापित हुने अवस्थामा रहेको अधिकारीहरुले जनाएका छन् ।

  • २९ असार २०७६, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !