नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा जीवनराम श्रेष्ठ निर्वाचित

आजभोलि

नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा जीवनराम श्रेष्ठ निर्वाचित

नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा जीवनराज श्रेष्ठ निर्वाचित भएका छन्ु ।

नेपाल ओलम्पिक कमिटीको शनिबार ललितपुरका सातदोबाटोस्थित कमिटीको कार्यालयमा सम्पन्न निर्वाचनमा अर्का प्रतिस्पर्धी उमेशलाल श्रेष्ठलाई ७ मत अन्तरले पराजित गर्दै श्रेष्ठ विजयी भएका हुन् ।

जीवनराम यस अघि पनि कमिटीको अध्यक्ष ुभएका थिए । महासचिवमा जीवनराम प्यानलकै निलेन्द्रराज श्रेष्ठ विजयी हुनुभएको छ । महासचिव श्रेष्ठ १५ मत पाएर विजयी भएका हुन् ।

उनका प्रतिस्पर्धी पुरेन्द्र विक्रम लाखेले १२ मत पाएका थिए । निर्वाचनमा सबैभन्दा बढि २६ मत पाएर ज्योति राणा उपाध्यक्षमा निर्वाचित थिए । त्यसैगरी सुनिलकुमार श्रेष्ठ, तेजबहादुर गुरुङ, अशोकरत्न बज्राचार्य र चतुरानन्नराज बैद्य पनि उपाध्यक्षमा निर्वाचित हुनु भएको निर्वाचन आयोगका संयोजक लोकभक्त राणाले जानकारी दिए ।

उपमहासचिवमा पिताम्बर तिम्सिना र कोषाध्यक्षमा रतनकुमार टण्डन विजयी भएक थिए । त्यसैगरी सचिव पदमा तुलसी थापा, रामजीबहादुर श्रेष्ठ र दीपकहर्ष बज्राचार्य विजयी भएक छन् । राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्य सचिव समेत रहेका केशवकुमार विष्ट भने सचिवमा पराजित भएक छन् ।

यसैबीच, नवनिर्वाचित नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले नेपालको खेलकुद क्षेत्रको विकासमा आफू नेतृत्वको टीमले सक्दो काम गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले निर्वाचनमा जीत–हार स्वभाविक हुने उल्लेख गर्दै सबैले मिलेर मुलुकको खेलकुद क्षेत्रको विकासमा लाग्नुपर्ने पनि स्पष्ट पारे ।

  • २८ भाद्र २०७६, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !