राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबलाई

आजभोलि

राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबलाई

प्रकाश दाहाल स्मृति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।

फाइनलमा प्रतिद्वन्द्वी त्रिभुवन आर्मीलाई ३÷० को सोझो सेटमा हराउँदै प्रहरीले उपाधि उचालेको हो । चार दिन अगाडि हुने भनिएको फाइनल वर्षाका कारण शनिबारका लागि सारिएको थियो ।

आर्मीका मुख्य खेलाडी मानबहादुर श्रेष्ठ नभएको खेलमा आर्मीविरुद्ध पुलिसले पहिलो सेट २५–२२ ले जित्यो । दोस्रो सेटमा पनि पुलिसले आर्मीविरुद्ध पुन २५–२२ ले आफ्नो पक्षमा पा¥यो । खेलमा खासै तालमेल मिलाउन नसकेको आर्मीविरुद्ध पुलिस तेस्रो सेटमा एक समय २०–१९ को अवस्थामा थियो ।

फाइनलमा पुलिसले लगातार दुई अंक बटुल्दै २२–२० को अवस्थामा पु¥यायो । तेस्रो सेटको अन्तिममा पुलिसले २५–२२ ले जित्यो ।

उपाधिसँगै पुलिसले ५ लाख रुपैयाँ जितेको छ भने उपविजेता नेपाल आर्मीले ३ लाख रुपैयाँ जितेको छ ।

  • ४ आश्विन २०७६, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !