रूसमा सुन खानी भत्किँदा कम्तीमा १५ जनाको मृत्यु, १४ जनाभन्दा बढी बेपत्ता

आजभोलि

रूसमा सुन खानी भत्किँदा कम्तीमा १५ जनाको मृत्यु, १४ जनाभन्दा बढी बेपत्ता

रूसको साइबेरिया क्षेत्रमा एक सुन खानी भत्किँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ ।

गैरकानुनी रूपमा सुन निकाल्न साइबा नदीमा बनाइएको बाँध भत्किँदा खानीमा काम गर्ने श्रमिकको मृत्यु भएको हो । घटनामा कम्तीमा १४ जनाभन्दा बढी पुरिएर बेपत्ता भएका बताइएको छ ।

खानीमा काम गर्ने श्रमिक सुतिरहेको समय बाँध फुटेर आएको हिलोसहितको पानीले उनीहरूलाई बगाएको रूसी सञ्चार माध्यमहरूले उल्लेख छन् ।

घटनापछि करिब ३ सय उद्धारकर्मी र ६ हेलिकोप्टर घटनास्थलमा पुगेका र बेत्ताहरूको खोजी भइरहेको रूसी विपद् व्यवस्थापन मामिला हेर्ने मन्त्रालयले जानकारी गराएको छ । तर, घटनास्थल निकै दूरदराजमा रहेकोले उद्धार प्रयास निकै कठिन भएको अधिकारीहरूले बताएका छन् ।

उक्त घटनामा परी घाइते बनेका १४ जनालाई अस्पताल पठाइएको र तीमध्ये दुईजनाको अवस्था गम्भीर रहेको बताइएको छ । रूसका हिमाली तथा पहाडी क्षेत्रमा गैरकानुनीरूपमा सञ्चालनमा रहेका खानीहरूमा आवश्यक सुरक्षामा ध्यान नर्पुयाइँदा वर्षेनी सयौँ श्रमिकको मृत्यु हुने गरेको छ ।

  • ३ कार्तिक २०७६, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !