चिलीमा मूल्य वृद्धिको विरोधमा प्रदर्शन चर्किएपछि राष्ट्रपतिद्वारा मूल्य वृद्धिको निर्णय स्थगित

आजभोलि

चिलीमा मूल्य वृद्धिको विरोधमा प्रदर्शन चर्किएपछि राष्ट्रपतिद्वारा मूल्य वृद्धिको निर्णय स्थगित

चिलीमा मूल्य वृद्धिको विरोधमा चर्किएको प्रदर्शन हिंसात्मक बनेपछि राष्ट्रपति सेबास्टिन पीनेराले मूल्य वृद्धि गर्ने निर्णय स्थगित गरेका छन् ।

राजधानी सान्टियागोमा आपतकालीन अवस्थाको घोषणा गर्दा पनि प्रदर्शन नरोकिएपछि सरकार आफनो निर्णय फिर्ता लिन बाध्य भएको हो । रातको समयमा प्रदर्शन झन चर्किएपछि कफर्यु आदेश जारी गरिएको थियो ।

मेट्रो रेलको टिकटमा गरिएको मूल्य वृद्धिको विरोधमा स्कुल तथा विश्वविद्यालयका विद्यार्थीहरु प्रदर्शनमा उत्रिएका हुन् । उनीहरुले मेट्रो रेल सेवाका विभिन्न संरचनामा तोडफोड गरेका छन् । प्रदर्शनकारीले कैयौँ भूमिगत रेल स्टेशनहरूमा आक्रमण गरेका छन् भने प्रहरीको गाडीमा आगो लगाइदिएका छन् ।

प्रदर्शन नियन्त्रणका लागि दंगा प्रहरीले अश्रु ग्यास प्रहार गर्दा कयौं प्रदर्शनकारी घाइते भएका छन् । उच्च आवतजावत हुने समयमा इन्धनको मूल्य बढेको र मुद्राको मूल्य घटेका कारण भाडा दर करिव १ दशमलव १७ डलरले बढाइएको थियो ।

  • ३ कार्तिक २०७६, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !