थाइल्याण्डका राजा वजिरालंगकणले श्रीमतीको शाही उपाधि खोसे

आजभोलि

थाइल्याण्डका राजा वजिरालंगकणले श्रीमतीको शाही उपाधि खोसे

थाइल्याण्डका राजा महा वजिरालंगकर्णले आफ्नी एक श्रीमतीको शाही उपाधि खोसेका छन् ।

महा वजिरालंगकर्णले आफू राजा बन्नुभन्दा पहिला सिनीनात वङ्वाचिराफाकसँग विवाह गरेका थिए । उच्च तहको नियुक्ति पाएको केही महिनामै ती महिलाले विश्वासघात गरेको आरोप लगाउँदै राजाले त्यस्तो निर्णय लिएको जानकारी दिइएको छ ।

मेजर जेनरल सिनीनात तालिमप्राप्त पाइलट, नर्स र अङ्गरक्षकसमेत हुन् । राजा माहा वाजिरालङकोर्नले गएको वैशाखमा आफ्नो सुरक्षाका लागि खटिने टिमकी कार्यकारी प्रमुख सुथिडासँग विवाह गरेका थिए । राजाको चौथो श्रीमती बनेकी सुथिडालाई राजाले रानीको उपाधि दिएका थिए ।

राजाले चौथो पत्नीको रूपमा रानी सुथिडासँग बिहे गरेको २ महिनापछि सिनानीतले ‘चाओ खुन फ्रा सिनीनात बिलासकलयानी’को उपाधि पाएकी थिइन् ।

सोमबार राजाले जारी गरेको औपचारिक घोषणामा सिनीनात वङ्वाचिराफाक ‘महत्वाकाङ्क्षी’ बनेकी र उनले ‘आफूलाई रानीको हैसियतमा पदोन्नति गर्ने प्रयास गरेको’ उल्लेख छ । यही कारण राजाले उनको शाही उपाधि खोसेका हुन् ।

  • ५ कार्तिक २०७६, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !