बिमला श्रेष्ठ
दाई आउने खबर सुनेर बाटो हेरे
मखमली फुलको माला उनेर बाटो हेरे।।
नयनहरुमा ती हर्षका आशु बोकी खुलेर बाटो हेरे
कहाली लाग्दो देशसँगै रङ्गीन समाजलाई भुलेर बाटो हेरे।
नजिकीदै गरेको तिहारसँगै रमझम छाएको छ नेपालीको आँखामा त्यो हर्षले
अभागी रहेछु दाजुभाई भएपनि पिरोल्ली रहेको छ मलाई आशुको त्यो वर्षाले।
दाई आउने खबर सुनेर बाटो हेरे
मखमली फुलको माला उनेर बाटो हेरे।।
मनलाई बुझाउने अर्थमा समाज, देश र त्यो भुमरीदो खाडीलाई हेरे
समाजले सप्तरङ्गी टिका लगाउँदा त्यही भित्तामा टाँसेको फोटो हेरे।
अरुको रङ्गीन छ त्यो वर्तमान दुनियाँ मैले परम्परा भुल्न सकिन
भाईटिकाको दिनसँगै रोई कराउँदै गरेको त्यो दाजुभाईको आवाज खाडी मुलुकमा सुन्न सकिन।
दाई आउने खबर सुनेर बाटो हेरे
मखमली फुलको माला उनेर बाटो हेरे।।