पाकिस्तानमा लेक्चरर हफीजलाई अदालतद्वारा मृत्यु दण्डको फैसला

आजभोलि

पाकिस्तानको दक्षिणी सहर मुल्तानमा बहाउद्धिन जकारिया विश्व विद्यालयका लेक्चरर जुनैद हफीजलाई ईश निन्दाको अभियोगमा अदालतले मृत्यु दण्डको सजाय सुनाएको छ ।

३३ वर्षीय जुनैद हफीजलाई मार्च २०१३ मा पक्राउ गरिएको थियो । उनीमाथि सामाजिक सञ्जालमा पैगम्बर मोहम्मदको विरुद्धमा अपमानजनक टिप्पणी पोस्ट गरेको आरोप लगाइएको थियो ।

अतिरिक्त जिल्ला न्यायाधीशले हफीजमाथि ५ लाख रुपैयाँ जरिबाना पनि तोकेका छन् । ईश निन्दालाई पाकिस्तानमा निकै गम्भीरतापूर्वक लिने गरिएको छ ।

हाफीजको पक्षबाट वकालत गर्ने वकिल राशिद रहमानलाई २०१४ मा गोली हानेर हत्या गरिएको थियो । त्यसपछि सो सम्बन्धी मुद्दा हेर्न कोही पनि वकिल तयार भएनन् ।

अन्तिममा एकजना वकिल उनको पक्षमा मुद्दा लड्न तयार भएकोमा उनलाई पनि धम्की दिइएको थियो । उनका वकिलले यो फैसलाका विरुद्ध पुनरावेदन गर्ने जनाएको बीबीसीले जनाएको छ ।

  • ६ पुष २०७६, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !