चिसोका कारण रौतहटमा चारजनाको मृत्यु

आजभोलि

चिसोका कारण रौतहटमा चारजनाले ज्यान गुमाएका छन् ।

पुस १ देखि सुरु भएको शीतलहरको कारण अत्याधिक चिसोबाट कठ्याँग्रिएर मृत्यु भएको हो। दुर्गा भगवती गाउँपालिका–५ बडहर्वाका विलास सहनी र जनकदास तत्माको गत आइतबार मृत्यु भएको हो ।

यसअघि पुस ३ मा गुजरा नगरपालिका–२ का गिरीजाकुमारी बैठा र बनहु माझीको मृत्यु भएको हो । बैठा र माझीको चन्द्रनिगाहपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

रौतहटका प्रमुख जिल्ला अधिकारी किरण थापाले जिल्लामा चिसोका कारण चारजनाको मृत्यु भएको जानकारी आएको बताएका छन् । तर, यसबारे मेडिकल रिपोर्ट भने नआएको उनको भनाइ छ ।

विगतका वर्षहरुमा चिसोका कारण ज्यान गुमानेलाई सरकारले राहत दिँदै आएको थियो । प्रमुख जिल्ला अधिकारी थापाले चिसो मौसममा बाहिर ननिस्कन तथा आगोको सहारा एवं न्यानो लुगा लगाएर बस्न आग्रह गरेका छन् ।

अत्यधिक चिसो बढेपछि तीनवटा नगरपालिकाले नगर क्षेत्रमा रहेका विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । गरुडा, राजदेवी र वृन्दावन नगरपालिकाले सूचना प्रकाशन गरी आगामी शुक्रबारसम्म विद्यालय बन्द गरेको हो ।

  • ८ पुष २०७६, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !