दिल्लीमा बिकेन दुई रूपैयाँ किलो आँटा

आजभोलि

काठमाडौं । नेपालीमा महङ्गीमा सगरमाथाको उचाई नापी रहदा दिल्लीमा भने दुई रूपैयाँ किलो आँटा भने बिकेन । हजुर  तपाईंको मनमा लाग्न सक्छ किन होला ?

कुरा यस्तो हो ।

भारतको राजधानी दिल्लीमा विधानसभाको निर्वाचन सम्पन्न भएको छ । निर्वाचन अगाडि भारतीय जनता पार्टी (भाजपा)ले दुई रुपैयाँ किलोमा आँटा दिने बतायो । तर दुई रुपैयाँ किलो आँटा उपलब्ध गराउने भाजपाको नारालाई मतदाताले विश्वास गरेनन् । 

अर्थात त्यहाँका जनताले चुनावी नारा र आश्वासन भन्दापनि कामलाई विश्वास गरेका छन् ।

‘मेरो भोट कामलाई, सिधै केजरीवाललाई’ आपले विधानसभा चुनावमा नारा लगायो । स्वास्थ्य, शिक्षा, बिजुली, पानी, फोहोर व्यवस्थापन जस्ता क्षेत्रमा गरेको कामको आधारमा आम आद्मी पार्टी (आप)ले यस्तो नारा लगाउने हिम्मत गरेको हो ।

दिल्लीमा २०० युनिटसम्म प्रयोग गर्नेलाई बिजुली निशुल्क छ । २०१९ अगस्तदेखि लागु भएको व्यवस्थाले मतदाताको ठूलो हिस्सालाई प्रभावित गरेको विश्लेषण गरिएको छ ।

आपको सरकार बनेपछि सार्वजनिक यातायात पनि सुधार देखियो । आप सरकारले कतिपय सार्वजनिक यात्रा निःशुल्क गरेको छ ।

मंगलबार साँझसम्म ५८ स्थानको परिणाम सार्वजनिक हुँदासम्म आपले ५२ र भाजपाले ६ स्थानमा जित हासिल गरेका छन् । सन् २०१५ को विधानसभामा ६७ स्थानमा जितेको आपले केही सिट कम जिते पनि आगामी पाँच वर्ष सत्ताको बागडोर हाँक्ने सुनिश्चित भइसकेको छ ।

अन्ना हजारेको भ्रष्टाचारविरोधी अभियानको जगमा २०१२ मा स्थापना भएको आपले दिल्लीमा गरेको कामका कारण भाजपको  दुई रूपैयाँ किलो आआटाको नारा काम लागेन ।

के गरेको थियो आपले दिल्लीमा 

दिल्लीमा २०० युनिटसम्म प्रयोग गर्नेलाई बिजुली निशुल्क छ । यो व्यवस्था २०१९ अगस्तदेखि लागु भएको हो।

आपको सरकार कतिपय सार्वजनिक यात्रा निःशुल्क गरेको छ । २० हजार लिटरसम्म पानी प्रयोगकर्ताले पनि शुल्क तिनुपर्ने पर्दैन । 

पछिल्लो छ महिनामा केजरीवाल नेतृत्वको सरकारले ४ सय भन्दा बढी स्वास्थ्यचौकी स्थापना गर्‍यो । सामुदायिक विद्यालयको २० हजार नयाँ भवन बनाएको आपको दाबी छ । आपले यो योजना अन्य राज्यमा पनि लागु गर्ने आश्वासन दिएको थियो ।

शहरका हरेका ठाउँमा सिसिटिभि क्यामेरा जडान धमाधम हुँदैछ ।

  • २८ माघ २०७६, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !